२०८१ चैत्र २ गते शनिबार
२०८१ चैत्र २ गते शनिबार

मन्तव्य दिएर मञ्चबाट ओर्लिने बित्तिकै ढलेका वडाध्यक्षको मृत्यु

चितवन । पूर्वी नवलपरासीको कावासोती नगरपालिका–१ का वडाध्यक्षको मञ्चमा मन्तव्य दिएर ओर्लिने बित्तिकै मृत्यु भएको छ । राष्ट्रिय युवा संघको जिल्ला अधिवेशनमा स्वागत मन्तव्य दिएर मञ्चबाट ओर्लिएका पूर्वी नवलपरासीको कावासोती नगरपालिका–१ का वडाध्यक्षको हृदयाघातका कारण मृत्यु भएको हो ।

राष्ट्रिय युवा संघ पूर्वी नवलपरासीको सहसचिव समेत रहेका वडाध्यक्ष तवारक अहमद मियाँको ज्यान गएको हो । राष्ट्रिय युवा संघ नवलपुरले गैँडाकोटस्थित श्रीराम पार्टी प्यालेसमा गरेको दशौं जिल्ला अधिवेशनमा स्वागत मन्तव्य दिएर मञ्चबाट तल ओर्लिने बित्तिकै मियाँ ढलेका थिए ।

तत्कालै उपचारका लागि चितवन मेडिकल कलेज लगिए पनि मिया फर्किन सकेनन् । मियाको उपचारको क्रममा दिउँसो २ः ४२ बजे मृत्यु भएको चितवन मेडिकल कलेजले जनाएको छ । ३७ वर्षका मियाँका श्रीमती, तीन छोरी र एक छोरा छन् । मियाँको निधन भएपछि जिल्ला अधिवेशन स्थगित गरिएको छ।

लोकप्रिय

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।