रानी पोखरीको माछा मार्दै महानगरपालीका, अहिंसाबादि उत्रिए प्रतिकारमा ।

0
576

मंसिर २८ काठमाण्डौ । २०७२ साल बैशाख १२ को बिनासकारी भुकम्पले भत्काएको रानी पोखरी पुन निर्माण गर्न थालिए पनी पोखरमिा भएका माछाको उचित स्थानान्तरण गराउन नसक्दा माछा मर्न थालेका छन् । राजधानीमा बढ्दै गएको चिसो र पानीको अभावका कारण माछा मर्न थालेको देखिएको छ । जस्का कारण आस पासका क्षेत्रमा दुर्गन्ध फैलन थालेको छ ।rani

रानी पोखरी पुननिर्माण थालेको महानगर पालीकाको लापबाहिका कारण पोखरीको सुन्दता बनेको माछाहरु माथि अन्याय भएको भन्दै बिभिन्न समुदायले महानगरको कार्य शैलीको आलोचना समेत गरेका छन् ।
अहिंसाबादि समुहले महानगरको लापरबाहिले सिमा नाघेको भन्दै माछा माथि राजनिती नगर्न आग्रह गर्दै माछाको सुरक्षित स्थानान्तरण गर्न थालेका छन् ।

एक जना अहिंसाबादि अधिकार कर्मी दुर्गा नाथ दाहालले राज्यको जिम्मेवार निकायले राजधानीमै गरेको हिंसाको पराकाष्ठाको नमुना भएको भन्दै शाकाहारी बर्गले माछाको बाँच्न पाउने अधिकार रक्षाका लागि कदम चालेको बताएका छन् । अहिंसाबादिहरुले हरेक दिन रानी पोखरीमा जिवित रहेका माछालाई सुरक्षित तरिकाले कमल पोखरी स्थानान्तरण गराउने गरेका छन् ।