मंसिर ३० काठमाण्डौ । केहि साता अघि मात्रै सार्वजनिक भएको गायक आनन्द कार्कीको सोर्हौ एल्बम लभ यू फरेभरुमा समेटिएको गजल सुनसानु रातको भिडियो यतिबेला सार्बजनिक भएको छ ।

युक्त गीतमा आनन्द कार्कीलाई गायिका संजीवनीले साथ दिएकी छिन । गीतले जवानीमा माया प्रेमका कुरालाई बृद्ध अवस्थामा पुगेका दुई जोडीले सम्झिने प्रयास गरेका छन् । गीतको भिडियो पनि यस्तै प्रकारको बनेको छ जसलाई दिपेन्द्र केसीले निर्देशन गरेका छन । भिडियोमा अनिल थापा र प्रियंका एम भि को अभिनय रहेको छ ।

शेर्पिनी कान्छीको शब्द रहेको गीतमा सिखर सन्तोसको संगीत छ । भिडियोलाई रामकुमार केसी र सुदिप बरालले खिचेका छन् भने सुप्रिम पराजुलीले यसको सम्पादन गरेका छन् । आनन्द इन्टरटेनमेन्टले गीतको अडियोरभिडियो तयार गरेको हो, भिडियोलाई आनन्द कार्कीले आफ्नै युट्युब च्यानलबाट सार्वजनिक गरेका छन् । भिडियो हेर्न यो लिंकमा जानुहोस् ।