संशोधन बिद्येयक सरकारलाई घाँडो, निकास खोज्न नसक्दा प्रचण्ड तनावमा ।

0
484

मंसिर ३० काठमाण्डौ । तीन प्रमुख दलबीच विधेयक स्थगन गरी चुनावमा जाने विकल्पमा छलफल केन्द्रित भएको समाचारका माझ प्रधानमन्त्री प्रचण्डले पनि विधेयक गठबन्धनलाई थप स्वीकार्य हुने गरी परिमार्जन गर्न सकिने बताएका छन्।
गठबन्धनका एकजना नेताले त्यसो गरिए स्थानीय निकायको पुरानै संरचनाको चुनावमा जाने बताए।
संसद अवरोध गरिरहेको प्रमुख प्रतिपक्षी नेकपा एमालेको प्रस्ताव अनुसार विधेयक निष्कृय राखेर चुनावमा जाने विकल्पमा छलफल केन्द्रित रहेको समाचारले संघीय गठबन्धनका नेतालाई झस्काएको हो।

तराई मधेश लोकतान्त्रिक पार्टीको कार्यालयमा केही नेताबीच त्यसबारे भएको अनौपचारिक छलफलमा सहभागी राष्ट्रिय मधेश समाजवादी पार्टीका महासचिव केशव झाका अनुसार प्रधानमन्त्री र कांग्रेस सभापतिसँग कुरा गर्ने अनौपचारिक सहमति भएको छ।
उनले भने, हामीले प्रधानमन्त्रीले आयोजना गरेको छलफलमा संविधान संशोधन विधेयक परिमार्जन गरिए पुरानै संरचनाको चुनाव पनि शसर्त जान सक्छौं भन्ने वचन दिइसकेका छौं। तर विधेयक स्थगत गरेर घोषणा गरिएको चुनाव कुनै हालतमा मान्दैनौं।
अनौपचारिक छलफलमा संघीय समाजवादी फोरम नेपालका नेता सहभागी थिएनन्।
हामीले प्रधानमन्त्रीले आयोजना गरेको छलफलमा संविधान संशोधन विधेयक परिमार्जन गरिए पुरानै संरचनाको चुनाव पनि शसर्त जान सक्छौं भन्ने वचन दिइसकेका छौं , उक्त दलका अध्यक्ष उपेन्द्र यादवले भने विधेयक स्थगन अस्वीकार्य हुने चेतावनी दिँदै परिमार्जनपछि मात्र चुनावबारे छलफल हुनसक्ने केही कठोर लाग्ने प्रतिक्रिया दिए।
उनले भने, पहिले संशोधन विधेयक परिमार्जन त हुनु पर्यो, त्यसपछि मात्र चुनावबारे छलफल गर्ने हो। विधेयक स्थगत गरिए हामी आन्दोलनमा जान्छौं।

प्रधानमन्त्री प्रचण्डले सरकार स्थानीय चुनावको मिति घोषणा गर्ने तयारीमा लागेका बताउँदै आएका छन्।
उक्त तयारी संसद अवरोध गरिरहेको प्रतिपक्षी दललाई मनाउन लक्षित देखिन्छ।
तर जनकपुर विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै उनले चर्चामा आएजस्तो विधेयक निष्कृय पार्ने कुरा नगरेर एमालेको साथको अपेक्षा सहित त्यसमा परिमार्जन गर्न सकिने बताए।
एमालेले भने असंवैधानिक भन्दै संविधान संशोधनको विरोध गर्दै आएको छ।
सर्वोच्च अदालतले पुसको पहिलो साता सुनुवाई गर्ने भनि तोकिएको त्यसबारेको रिटको छिनोफानो गरिदिएमा दलहरुको विपरीत अडानले उत्पन्न राजनीतिक परिस्थिति केही सहज हुनसक्ने ठानिएको छ।