महिलासंग सम्बन्धित मुद्धा ३ महीनामा फैसला गर्न प्रधान न्यायधिषको आग्रह ।

0
674

पोखरा, ३ पुस । प्रधानन्यायाधीश सुशीला कार्कीले अदालतमा महिला हिंसाविरुद्धमा परेका मुद्दा तीन महिनाभित्र टुङ्ग्याउन जिल्ला न्यायाधीशहरुलाई निर्देशन दिनुभएको छ ।

सर्वोच्च अदालतद्वारा हिजो यहाँ आयोजित न्यायमा महिलाको पहुँच र सरोकारवाला निकायबीचको समन्वय विषयक एकदिने छलफल कार्यक्रमको उद्घाटन गर्दै उहाँले निमुखा एवम् पिछडिएका वर्गलाई छिटो छरितो र गुणस्तरीय न्याय सेवा प्रदान गरेर अदालतप्रति जनविश्वास बढाउनुपर्ने बताउनुभयो ।

अदालतद्वारा फैसला गरिएका मुद्दाको कार्यान्वयनका लागि कानुन व्यवसायीको भूमिका महत्वपूर्ण हुने बताउँदै उहाँले पीडितलाई तत्काल न्याय र पीडकलाई दण्डित गर्ने व्यवस्था प्रभावकारी बताउनुपर्ने बताउनुभयो ।