२०८१ चैत्र ६ गते बुधबार
२०८१ चैत्र ६ गते बुधबार

कांग्रेस-एमालेद्वारा अध्यादेशको पक्षमा उभिन ह्विप जारी

काठमाडौँ । नेपाली काँग्रेस र नेकपा एमालेले अध्यादेशको पक्षमा उभिन सांसदहरूलाई ह्विप लगाएका छन् ।

राष्ट्रिय सभामा एमालेका प्रमुख सचेतक भगवती न्यौपानेले अध्यादेशको पक्षमा उभिन भनिएको जानकारी दिइन् ।

राष्ट्रिय सभाको बैठक दिउँसो १ बजेर १५ मिनेटमा बस्दैछ । जहाँ सरकारले संसद् अधिवेशन नरहेका बेला ल्याएका अध्यादेश निर्णयार्थ प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ ।

मन्त्रिपरिषद्को सिफारिसमा गत पुस १४ गते राष्ट्रपति रामचन्द्र पौडेलले सहकारी सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश २०८१ जारी गरेका थिए ।

पुस २९ गते थप चार वटा अध्यादेश जारी भएको थियो । माघ २ गते अर्को एउटा अध्यादेश जारी गरेको थियो । ६ वटै अध्यादेश दुवै सदनमा प्रस्तुत भइसकेको छ ।

बिहीबार दुवै सभामा सबै अध्यादेशहरू निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूची छ ।

न्यौपानेका अनुसार काँग्रेस र एमाले दुवै दलले आफ्ना सांसदलाई संसद्मा अनिवार्य उपस्थित हुन र अध्यादेशको पक्षमा मतदान गर्न ह्विप लगाएको छ ।

लोकप्रिय

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।