शहिद परिवारको बिचल्ली, नेताहरु शुभकामना मै सिमीत,घाइतेको प्रश्न के यहि हो गणतन्त्र ?

0
772

माघ १६काठमाडौं । शहीद दिवसको अवसरमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री तथा विभिन्न दलका नेताले सन्देश दिएका छन् ।राष्ट्रपति विद्यादेवी भण्डारीले लोकतन्त्र र अग्रगमन महान शहीद त्याग तथा बलिदानको परिणाम हुन् भन्दै उहाँहरूले राष्ट्रनिर्माणको महायज्ञमा स्वतः समाहित हुने प्रेरणा प्रदान गर्नुभएको बताउनुभएको छ ।

शहीद दिवसका अवसरमा दिनुभएको सन्देशमा राष्ट्रपतिले आदरणीय ज्ञात–अज्ञात शहीदका सपना साकार पार्न यो दिवसले प्रेरित गर्न सकोस् भन्ने शुभकामना व्यक्त गर्नुभएको छ ।सन्देशमा उहाँले वीर, अमर, त्यागी  र भविष्यद्रष्टा शहीदको बलिदानबाट प्राप्त उपलब्धीलाई संस्थागत गर्दै देशमा राजनीतिक सहमति मार्फत शान्ति, विकास गर्न सकेमा मात्र शहीदप्रतिको सच्चा सम्मान र श्रद्धाञ्जली हुने भएकाले त्यसतर्फ हामी सबै नेपाली एकताबद्ध भएर मन, वचन र कर्मले लाग्न जरुरी भएको बताउनुभएको छ ।

नेताहरुको शुभकामना सन्देशमा शहिद दिवश खुम्चन थालेको आमनागरीकको बुझाई छ । तर नेताहरु भने महान शहिदहरुको बलिदानीबाट बनेको देश भन्दै शहिदहरुलाई पुकारी रहेका छन् तर शहिद परिवारको बिचल्ली भने कसैले देखेका छैनन ।