१२ फागुन, काठमाडौं । १९ औँ बुढासुब्बा गोल्डकपको दोस्रो सेमिफाईनल खेलमा आज (बिहिबार) आयोजक धरान ‘रातो’ क्लब र नेपाल पुलिस क्लबले प्रतिस्पर्धा गर्ने छन् । हिजो (बुधबार) भएको खेलमा रुपन्देही ११ लाई २–१ गोल अन्तरले पराजित गर्दै संकटा क्लबले फाईनल यात्रा तय गरिसकेको छ । एन्फा टेक्निकल सेन्टरको मैदानमा भएको खेलमा संकटालाई जिताउन दुवै गोल अनिल गुरुङले गरे । रुपन्देहीका लागि दीपक राईले एक गोल गरे ।