प्रहरी महानिरीक्षक नियुक्ति सम्बन्धी मुद्दामा सर्वोच्चमा बहस जारी

0
507

१२ फागुन, काठमाडौं । प्रहरी महानिरिक्षक नियुक्ति विवादमाथि अन्तरिम आदेश जारी गर्नेरनगर्ने विषयमा सर्वोच्च अदालतमा हिजोदेखि सुनुवाई सुरु भएको छ । न्यायाधिशद्वय हरिकृष्ण कार्की र तेजबहादुर केसीको इजलाशमा रिट निवेदकको तर्फबाट कानून व्यवसायीहरुले बहस गरेका छन् ।

बुधबार निवेदक कपिलदेव ढकाल सहित, ओमप्रकाश अर्याल, भिमार्जुन आचार्य, बद्रीबहादुर कार्की, शम्भु थापा, हरि फुयाल, तुलसी भट्ट लगायतले प्रहरी महानिरिक्षक नियुक्तीमा सरकारले कानून मिचेकाले अन्तरिम आदेशलाई निरन्तरता दिनुपर्ने जिकिर गर्नुभयो ।  रिटमाथिको सुनुवाई बिहिबार पनि जारी रहनेछ । आज निवेदकका तर्फबाट बहस गरेपछि सरकारी वकिलहरु र प्रहरी महानिरिक्षकमा नियुक्त जयबहादुर चन्दको तर्फबाट कानून व्यवसायीहरुले बहस गर्नेछन् ।