१२ फागनु, काठमाडौं । एकीकरणको चर्चामा रहेका नयाँ शक्ति नेपाल र संघीय समाजवादी फोरम नेपालले स्चुनाव स्थगीत गर्न माग गरेका छन् । नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराई र फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले बिहीबार संयुक्त विज्ञप्ति जारी गर्दै वर्तमान अवस्थामा स्थानीय तहको निर्वाचन हुन नसक्ने दाबी समेत गरेका छन् ।
सरकारले आउँदो वैशाख ३१ गते स्थानीय तहको निर्वाचन घोषणा गरेसँगै निर्वाचन आयोगले चुनावी कार्यतालिका सार्वजनिक गरेको भोलिपल्ट बिहीबार उनीले संघीयता कार्यान्वयनका लागि संघ र प्रदेशको निर्वाचन गर्नुपर्ने माग गरेका हुन् । प्रदेशको मातहतमा स्थानीत तह रहनु पर्ने र प्रदेशले नै स्थानीय तहको निर्वाचन गराउनु पर्ने उक्त दुई दलको माग छ । संसद्मा प्रस्तुत भएको संविधान संशोधन विधेयकलाई परिमार्जन सहित पारित गर्नुपर्ने बताएका उनीहरुले दलीय भागबण्डमा गर्ने राजनीतिक नियुक्तीको अन्त्य गर्नुपर्ने बताए ।