नेपाल टेलिकमको नयाँ अफर सार्वजनिक

0
2319

काठमाडौं, १२ फागुन । नेपाल टेलिकमले शिवरात्रीको अवसर पारेर फेस्टिभल अफर सार्वजनिक गरेको छ । कम्पनीले यो अफरमा डाटा बण्डलिंग प्याकेज अनर्तगत ७५ रुपैंयामा १०० एमबी डाटा र बोनसको रुपमा १०० एमबी यूट्यूब डाटा प्याक दिने भएको छ । कम्पनीले दिने बोनस एक किसिमको निशुल्क प्रयोग नै हो ।

कम्पनीका अनुसार यो नयाँ अफरको डाटा १५ दिनसम्म प्रयोग गर्न सकिने जानकारी दिएको छ । यसैगरी १५० रुपैयाँमा २०० एमबी डाटा र बोनसको रुपमा २०० एमबीको यूट्यूब डाटा प्याक उपलब्ध गराएको छ । यो डाटा प्याकेज ३० दिनसम्म प्रयोग गर्न सकिने नेपाल टेलिकमले जानकारी दिएको छ । यी दुबै २४ सै घण्टा चलाउन सकिने टेलिकमले जानकारी दिएको छ । कम्पनीले यसका साथै फेसबुक प्याकेज पनि सार्वजनिक गरेको छ । यो अफर अन्तर्गत २२.६० रुपैंयामा ५ दिनका लागि १०० एमबी फेसबुक प्याकेज दिने भएको छ । कम्पनीले फोरजी सेवा प्रयोगकर्ताहरुका लागि यो प्याकेज आकर्षक हुने अपेक्षा कम्पनीले जारी विज्ञप्तिमा उल्लेख छ ।

कम्पनीले यो अफर फागुन १३ गतेदेखि २७ गतेसम्म लागू हुनेछ ।

यसरी गर्नुहोस फेस्टिभल डाटा प्याक शुचारु : कम्पनीको यूट्यूब डाटा प्याक निशुल्क बोनसमा प्राप्त गर्नका लागि १०० एमबी डाटाका चाहिएमा यू१०० र २०० एमबीका लागि यू२०० टाइप गरेर १४१५मा एसएमएस गर्न सकिनेछ । त्यसैगरी फेसबुक प्याकेज प्रयोग गर्नका लागि अंग्रेजीमा फेसबुक टाइप गरि १४१५ मा एसएमएस गरेर सेवा शुरु गर्न सक्नेछन् ।