फागुन १४, काठमाडौं । आजबाट नेपाल–भारत सीमा नाका ३ दिनसम्म बन्द हुने भएको छ । भारतको उत्तर प्रदेशमा फागुन १६ गते हुन लागेको विधान सभा २०१७ लाई मध्यनजर गरी नेपाल–भारत सीमा नाका ३ दिनका लागि बन्द गर्न लागिएको हो । भारतको बहराइच र श्रावस्तीमा निर्वाचन हुने भएकोले २४ घण्टा अघि नाका सिल गर्न लागिएको सूचना बाँके प्रशासनले जारी गरेको छ। आज बिहान ७ बजेदेखि फागुन १६ गते साँझ ६ः३० बजेसम्म नाका बन्द रहने भएको छ । निर्वाचन सम्पन्न नभएसम्म नेपाल र भारतका सुरक्षा अधिकारीबाट बाँके जिल्ला हुँदै भारततर्फ जाने र भारतबाट आउने सवारी साधनमा समेत रोक लगाइएको छ । उक्त अवधिमा सवारी साधन तथा ढुवानीका साधन संचालनमा नल्याउन प्रशासनले आग्रह गरेको छ। एम्बुलेन्स लगायत अत्यावश्यक सामग्री ढुवानीका लागि दुवै देशका अधिकारीको रोहवरमा गर्न सकिने बताइएको छ । भारतबाट आउने यात्रुहरु अलपत्र परेको खण्डमा सुरक्षाकर्मीको रोहवरमा वारपार गराइने सूचनामा उल्लेख छ।