रक्षामन्त्री मानवीर राई सवार गाडीले मोटरसाइकललाई ठक्कर दिएको छ ।
आइतबार बिहान माइतीघरमा रक्षामन्त्री सवार गाडीले मोटरसाइकललाई ठक्कर दिएको हो ।
ठक्करबाट मोटरसाइकलमा सामान्य क्षति भएको तर, चालकलाई भने कुनै चोट नलागेको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।
दुवै पक्षबीच मिलापत्र भइसकेको बताइएको छ ।
रक्षामन्त्री सिंहदरबार जाने क्रममा गाडीले रोकिराखेको मोटरसाइकललाई ठक्कर दिएको हो ।