बुधबारपछि काठमाडौंको बाटोमा चल्दैनन् पुराना गाडी

0
405

फागुन, १४ काठमाडौं । बुधबारबाट राजधानीका सडकमा २० वर्ष पुराना गाडी नचल्ने भएका छन् । यातायात व्यवस्था विभागले २० वर्ष आयु पार गरिसकेका सार्वजनिक सवारीलाई सडकमा चल्न नदिने भएको हो । विभागको निर्देशन अटेर गर्दै बुधबारबाट २० वर्ष पुराना गाडी चलाउने सवारी धनिलाई समेत कडा कारबाहि गर्ने यातायात विभागले जनाएको छ । बुधबार पछि २० वर्ष पुराना सार्वजनिक सवारी सडकमा गुडेको भेटिएमा जफत गर्ने तथा सवारी धनीलाई कडा कारबाहि गर्ने विभागको भनाई छ ।

अटेर गरेर सवारी चलाए ठूलो जरिवानासहित कारवाहीको भागिदार हुनुपर्ने यातायात ब्यवस्था विभागका प्रवक्ता डा. टोकराज पाण्डेको भनाई छ । उनका अनुसार फागुन १८ देखि २० वर्षे पुराना सवारीलाई कुनै पनि रुटमा चल्ने इजाजत दिइनेछैन । अहिले प्रत्येक ४÷४ महिनामा सार्वजनिक सवारीले रुट नवीकरण गर्नुपर्ने व्यवस्था छ ।

२० वर्षे आयु नाघेका सवारीले फागुन १७ गतेसम्मका लागि मात्रै रुट इजाजत दिइएको छ । अब २० वर्ष आयु नाघेका कुनै पनि सवारीको करसमेत नबुझिने भएको छ । २० वर्ष पुराना सार्वजनिक सवारीको अब प्राविधिक परीक्षण समेत नगर्ने यातायात विभागले जनाएको छ । यस्ता सवारीको नामसारी पनि रोकिने र विक्री वितरणमा पनि प्रतिवन्ध लगाइएको यातायात ब्यवस्था विभागका प्रवक्ता पाण्डे बताउछन् ।