बर्ड फ्लु भेटिएपछि पोखराको खाल्टेमसिना संकटग्रस्त क्षेत्र

0
449
chicken looks into the camera with others chickens in the background

फागुन, १४ काठमाडौं । पोखराको खाल्टेमसिनामा बर्ड फ्लु भेटिएको छ । करीब ६ वर्षअघि बर्ड फ्लु भेटिएपछि लगातार ३ वर्ष बर्ड फ्लु देखिएपनि त्यसपश्चात नदेखिएको बर्ड फ्लु यस वर्ष पुनः नेपाल मै पहिलो पटक देखा परेको हो । पोखराको खाल्टेमसिनास्थित मिना परियारले पालेको हाँस तथा कुखुरामा बर्ड फ्लु भेटिएको पशु चिकित्सक एवम् सूचना अधिकृत ठगेन्द्रप्रसाद अर्यालले जानकारी दिए ।

परियारले आफूले पालेका हाँस तथा कुखुरा लगातार मर्न थालेपछि चिकित्सकको सल्लाहमा केन्द्रीय प्रयोगशालामा परिक्षण गर्न पठाइएको थियो । सो परिक्षणमा बर्ड फ्लु पुष्टी भएको र तत्कालै नियन्त्रणका लागि ¥यापिड रेस्पोन्स टिम खटिएको अर्यालले बताए । बर्ड फ्लु पुष्टी भएपछि सरकारले बर्ड फ्लु भएको क्षेत्रलाई संकटग्रस्त क्षेत्र घोषणा गरेको छ । मिना परियारको घरदेखि चार किल्ला क्षेत्रमा करीब ६ सय मिटरको वरिपरीका क्षेत्रमा रहेका सबै पशु तथा पंक्षीजन्य बस्तुहरुलाई नष्ट गर्न टोली खटिएको उनको भनाई छ । बर्ड फ्लु देखा परेको स्थानमा पन्छी ओसार पोसारमा रोक लगाइएको छ ।

यसैबीच कास्कीबाट पंक्षीजन्य बस्तु बाहिरी जिल्लामा पठाउन समेत रोक लगाएको जिल्ला पशु सेवा कार्यालयले जनाएको छ । बाहिरी जिल्लाबाट पन्छी नल्याउन आग्रह गरी दाना ल्याउँदा भेट्नरीको प्रमाण पत्र लिएर मात्र ल्याउन आग्रह गरिएको बर्ड फ्लु नियन्त्रण कक्षले जनाएको छ । ७० डिग्रीको तापक्रमा मासु पकाएर खाएमा बर्ड फ्लु भएपनि बर्ड फ्लुको किटाणु नष्ट हुने चिकित्सकहरुले बताएका छन् ।