२२ वर्षे युवती बलात्कार गर्ने ७३ वर्षे बुद्धा प्रहरी खोरमा

0
434

फागुन, १४ गुल्मी । २२ वर्षकी युवतीलाई बलात्कार गरेको आरोपमा प्रहरीले गुल्मी बिशुखर्कका एक ७३ वर्षका वृद्धलाई पक्राउ गरेको छ ।

पीडितका आफन्तले जिल्ला प्रहरी कार्यालयमा दिएको उजुरीको आधारमा ती वृद्धलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी सहायक निरीक्षक सत्यनारायण यादवले बताएका छन् ।

पीडित युवतीको जिल्ला अस्पताल तम्घासमा स्वास्थ्य परीक्षण गरिएको प्रहरीले जनाएको छ । आरोपित वृद्धलाई जिल्ला अदालतबाट म्याद थप गरी प्रहरी हिरासतमा राखिएको छ ।