अनेरास्ववियु र नेविसंघबीच झडप, २ जना अस्पताल भर्ना

0
456

फागुन, १४ काठमाडौं । रत्नराज्यलक्ष्मी क्याम्पस (आरआर) मा विद्यार्थी संगठनहरुबीच झडप भएको छ । एमाले समर्थित अनेरास्ववियु र कांग्रेस समर्थित नेविसंघबीच झडप हुदाँ आसपासको क्षेत्र तनावग्रस्त बनेको छ । झडपपछि प्रदर्शनी मार्गमा प्रहरी परिचालन गरिएको छ । फर्जी विद्यार्थी भर्ना गरेको आरोप लगाउँदै नेविसंघले कलेजमा तालाबन्दी गरेको थियो ।

स्ववियुका लागि उमेद्वारी दर्ता गराउन अनेरास्ववियु पक्ष कलेजमा पुगेपछि झडप सुरु भयो । झडपका क्रममा घाइते भएका नेविसंघका सुरेश भारद्धाज र सुनिल शर्मालाई न्युरो अस्पतालमा भर्ना गरिएको छ । ढुंगामुढा भएपछि नजिकै रहेका विश्वभाषा र ल क्याम्पसमा तथा आसपासमा तनाव उत्पन्न भएको छ । स्थिति निन्त्रयणमा लिनका लागि अहिले यहाँ ठुलो संख्यामा प्रहरी परिचालन गरिएको छ ।