फागुन, १५ सिरिया । पश्चिमी सिरियाको होम्समा बन्दुकधारी तथा आत्मघाती हमलाकारीले सुरक्षा चौकीलाई निसाना बनाएर आक्रमण गरेका छन् । यो हमलामा कम्तीमा ३२ जना मारिएका छन् । सिरियाको सरकारी टेलिभिजन च्यानलकाअनुसार सैन्य अनुसन्धान सेवाका एक स्थानीय अधिकारीको पनि यो हमलामा परि मृत्यु भएको छ । केही रिपोर्टमा भने मृतकको संख्या ४० भन्दा बढी हुन सक्ने जनाइएको छ ।
जेहादी संगठन तहरी–अल–शामले हमलाको जिम्मेवारी लिएको छ । होम्स शहर डिसेम्बर २०१५ देखि सिरिया सेनाको नियन्त्रणमा रहेको छ । विद्रोहीहरु युद्धविरामको सम्झौतापछि होम्स छोडेर गएका थिए । सिरिया सरकारले यो हमलाको जवाफ दिने बताएको छ ।
चरमपन्थीको बढवा दिने ब्यक्तिले जेनेभामा जारी शान्तिवार्ताको यो हमलाले सन्देश दिएको संयुक्त राष्ट्रका राजनयिक बशर–अल–जाफरीले बताउनु भएको छ । हमलाको जिम्मेवारी लिने समूह तहरीर अल शाम भने युद्धविराम र शान्तिवार्तामा भने संलग्न थिएन ।