काठमाडौंमा भेटियो स्वाइनफ्लू

0
713

काठमाडौं,  १५ फागुन । काठमाडौंमा स्वाइनफ्लूका बिरामी भेटिएका छन् । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा एक हप्ताअघि पुगेका एक जनामा स्वाइनफ्लूको भाइरस भेटिएको डा. शेरबहादुर पुनले बताएका छन् । स्वाइनफ्लू भेटिएपछि राजधानिवासीलाई सर्तकता अपनाउन डाक्टरहरुले सुझाव दिएका छन् ।

विशेषगरी मधुमेह, उच्च रक्तचाप, अंग प्रत्यारोपण गरिएका व्यक्ति, डाइलासिस गरिरहेका बिरामी र रोग प्रतिरोधात्मक क्षमता कम भएका व्यक्तिलाई स्वाइनफ्लू सर्ने भएकाले उच्च सावधानी अपनाउन डाक्टरको सुझाव छ । अहिले विवाहको लगन भएकाले पनि जमघट धेरै हुँदा एक व्यक्तिबाट अर्को व्यक्तिमा स्वाइनफ्लू सर्ने संभावना उच्च रहेको हुँदा भिडबाट पनि जोखिन भनिएको छ ।

१० दिनसम्म पनि कडा ज्वरो आए, खोकी लागिरहे, घाँटी खसखसाए र काम छुटे स्वाइनफ्लू भएको हुनसक्ने डा. शेरबहादुर पुनले बताएका छन् । सार्वजनिक ठाउँमा जाँदा रोग प्रतिरोधक स्तरिय मास्क प्रयोग गर्नु, खोक्दा, हाच्छिउँ गर्दा रुमालले मुख छोप्नु, साबुन पानीले हातमुख धुनु तथा झोलिलो खानेकुरा खानु र शंका लागे परीक्षणका लागि स्वास्थ्य संस्थामा जानु नै स्वाइनफ्लूबाट बच्ने उपाय भएको डा. पुनले बताए ।