आर.आर पछि प्रदर्शनीमार्गको ल क्याम्पसमा झडप

0
413

काठमाडौं, १५ फागुन । काठमाडौंको प्रदर्शनीमार्गमा रहेको नेपाल ल क्याम्पसमा विद्यार्थीबिच झडप भएको छ । आफ्नो ब्यानर अरुले फालिदिएको भन्दै अनेरास्ववियुले तोडफोड गरेपछि नेविसंघसँग झडप भएको हो । फागुन १८ गते हुन स्ववियु चुनाव आउनै लाग्दा विद्यार्थीबिच बिभिन्न क्याम्पसमा झडप हुने क्रम बढेको छ । हिजो पनि प्रदर्शनीमार्ग मैरहेको आरआर क्याम्पसमा पनि विभिन्न विषयमा विवाद हुँदा झडप भएको थियो ।