आज ग्याल्बो ल्होसार

0
635

काठमाडौं, १६ फागुन । शेर्पा लगायत हिमाली क्षेत्रमा बसोबास गर्ने समुदायले आज ग्याल्बो ल्होसार मनाउँदैछन् । भोट भाषाको दाथोक पात्रो अनुसार फागुन शुक्ल प्रतिपदाको दिन शेर्पा समुदायको  ल्होसार अर्थात् नयाँ वर्ष सुरु हुन्छ । शर्पा संस्कृतिका ज्ञाता टीका शेर्पाले, हिजो आइतबार बाँदर वर्ष पूरा भएर आजदेखि चरा वर्ष शुरु भएको छ ।

शेर्पा संस्कृति अनुसार मुसा, गोरु, बाघ, खरायो, ड्रागन, सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर गरी १२ वटा वर्क हुने र बच्चा जुन वर्षमा जन्मिन्छ, त्यसकै आधारमा उसको जीवनका धार्मिक क्रियाकलाप गरिने उहाँको भनाइ छ। बुद्धले ऋद्धि शक्तिमाथि विजय प्राप्त गरेको।सम्झनामा आजैदेखि १५ दिनसम्म विशेष कार्यक्रम गरिने पनि उहाँले जानकारी दिनुभयो । ग्याल्बो ल्होसारको अबसरमा,  सरकारले आज सार्वजनिक बिदा दिएको छ ।