गगन थापाले गरे अङ्ग दान

0
420

काठमाडौं, १६ फागुन । स्वास्थ्य मन्त्री गगन थापाले आफ्नो शरिरका सबै अङ्गहरु दान गर्ने मन्जुरी दिएका छन् । मृत्युपश्चात् आफ्ना अङ्ग निकालेर अरुमा उपयोग गर्ने मन्जुरी पत्रमा मन्त्री थापाले आइतबार हस्ताक्षर गरेका हुन् ।

स्वास्थ्य सेवा दिवसका अवसरमा स्वास्थ्य मन्त्रालयमा आयोजित कार्यक्रममा मन्त्री थापाले अङ्ग दान गर्ने इच्छापत्रमा हस्ताक्षर गरेका छन् । अङ्गदान गर्ने पत्रमा हस्ताक्षर गरेपछि मन्त्री थापाले भने, ‘मृत्युपश्चात खेर जाने मेरो अङ्गले धेरैको ज्यान बचाउन सकोस् भनेर अङ्ग दान गर्ने निर्णयमा पुगेको हुँ ।’ उनले अरुलाई पनि अङ्ग दान गर्ने मञ्जुरी पत्रमा हस्ताक्षर गर्न आग्रह गरे ।

कुनै एक व्यक्तिको मस्तिष्क मृत्युपछि उसका ८ वटा अङ्ग अरुलाई प्रत्यारोपण गर्न मिल्छ । सडक दुर्घटना वा अन्य कुनै कारणले आकस्मिक रुपमा मस्तिष्क मृत्यु भएमा मिर्गौला, फोक्सो, आँखा, प्याट्रियाज, सानो आन्द्रा, छाला र मुटु लगायतका महत्वपूर्ण अङ्ग झिकेर अन्य व्यक्तिमा प्रत्यारोपण गर्न सकिन्छ । यस्ता अङ्ग मस्तिष्क मृत्यु भएका व्यक्तिबाट २४ घण्टाभित्र अर्कोमा प्रत्यारोपण गर्न सकिन्छ । नेपालमा मानव अङ्ग दान गर्ने ऐन कार्यान्वयनमा आएपछि अंगदान गर्नेहरुको संख्या पनि बढ्दै गइरहेको छ