काठमाडौं, १६ फागुन । निर्वाचन आयोगले बाबुराम भट्टराईले नेतृत्व गरेको नयाँ शक्ति पार्टी नेपाल र उपेन्द्र यादवले नेतृत्व गरेको संघीय समाजवादी फोरम नेपालले दिएको स्पष्टिकरण चित्तबुझ्दो नभएको भन्दै सय रुपैयाँ जरिबाना तिराउने भएको छ । निर्वाचन आयोगलेसार्वजनिक सूचना जारी गर्दै निर्धा्रित म्यादभित्र स्पष्टिकरण पेश नगर्ने ११ राजनीतिक दल र पेश गरेको स्पष्टिकरण चित्त बुझ्दो नदेखिएका १९ राजनीतिक दललाई १ सय रुपैयाँ जरिबाना तिराउने बताएको छ । उनीहरुलाई जरिबाना तिर्न एकसाताको म्याद दिइएको छ । भट्टराईले नेतृत्व गरेको नयाँ शक्ति नेपाल र उपेन्द्र यादवले नेतृत्व गरेको संघीय समाजवादी फोरम नेपालले समयमा आयव्यय विवरणको वार्षिक प्रतिवेदन पेश नगरेपछि आयोगले स्पष्टिकरण मागेको थियो । स्पष्टिकरण पनि चित्तबुझ्दो नभएपछि जरिबाना तिराउने निर्णय गरिएको आयोगले जनाएको छ ।
आयोगले स्पष्टिकरण सोधे पनि, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च (थरुहट) ,दलित जनजाती पार्टी नेपाल ,नेपाली जनता दल , राष्ट्रिय जनएकता पार्टी , नेपाल नागरिक पार्टी , शान्ति पार्टी नेपाल , नागरिक समाजवादी पार्टी , नेपाली कांग्रेस राष्ट्रवादी, चुरेभावर राष्ट्रिय पार्टी , हिन्दु प्रजातान्त्रिक पार्टी , चुरेभावर राष्ट्रिय एकता पार्टी नेपालले भने स्पष्टिकरण बुझाएका छैनन् ।
नयाँ शक्ति र फोरम नेपाल सहित, नेपाल पूर्वराष्ट्रसेवक लोकतान्त्रिक पार्टी, संघीय समाजवादी फोरम नेपाल, राष्ट्रिय चुरेभावर पार्टी, हाम्रो पार्टी नेपालवाद, लोक कल्याणकारी जनता पार्टी , युवा नेपाल पार्टी ,राष्ट्रिय त्रिमूल बहुजन समाजवादी पार्टी, मातृभूमि नेपाल पार्टी , नेपाल गान्धिवादी पार्टी, नेपाल मधेसी जनअधिकार फोरम (गणतान्त्रिक), जनता दल नेपाल । श्रमिक जनता पार्टी नेपाल, नेपाल सुकुम्वासी पार्टी (लोकतान्त्रिक) ,नेपाली ग्रिन्स पार्टी, नेपाल प्रजातान्त्रिक प्रगतिशिल पार्टी , नेपाल न्यायिक दल , राष्ट्रिय जनता दल नेपालले बुझाएको स्पष्टिकरण भने चित्त बुझ्दो नभएको आयोगले जनाएको छ ।