शेख कमल अन्तराष्ट्रिय कपमा नेपालले माल्दिभ्सको सामना गर्ने

0
267

काठमाडौं, १६ फागुन । बंगलादेशमा जारी शेख कमल अन्तराष्ट्रिय क्लब कप फुटबलको सेमिफाइनलमा सोमबार मनाङ मर्स्याङ्दी क्लबले माल्दिभ्सको टिसी स्पोर्टस् क्लबसँग प्रतिस्पर्धा गर्ने भएकाने छ । खेल नेपाली समय अनुसार बेलुका सवा ६ बजेपछि सुरु हुनेछ । समूह उपविजेता बनेको मनाङ समूह विजेताको रुपमा अन्तिम चारमा आएको टिसी स्पोर्टससँग खेल्न लागेको हो ।

प्रतियोगिताको फाइनल पुग्ने राम्रो मौका भएकाले त्यसै अनुसार सक्दो मेहनत गर्ने मनाङका प्रशिक्षक छिरिङ लोप्साङले बताए । मनाङ लिग चरणमा एक खेलमा जित, एकमा बराबरी र एक खेलमा हार ब्यहोरे पनि हेड टू हेडका आधारमा समूह ‘बी’ उपविजेता बन्दै प्रतियोगिताको सेमिफाइनल पुगेको हो ।

टिसी स्पोर्टस समूह ‘ए’ को विजेताका रुपमा अन्तिम चारमा पुगेको हो । टिसी स्पोर्टसको गोलपोष्ट भने नेपाली राष्ट्रिय टिमका गोलरक्षक किरण चेम्जोङले सम्हाल्नेछन् ।