बन्दुक देखाएर छोरी बलात्कार गर्ने बाबु प्रहरी खोरमा

0
347

दाङ्, १६ फागुन । दाङमा आफ्नै छोरीलाई बलात्कार गर्ने बाबुलाई जेल चलान गरिएको छ । वर्षीया छोरीलाई विगत एक वर्षदेखि बलात्कार गर्दै आएका बाबुलाई दोषी सावित भएपछि जेल चलान गरिएको हो । हाडनाता करनीमा दोषी प्रमाणित भएपछि बाबुलाई जेल चलान गर्ने आदेश अदालते दिएको छ ।

१३ वर्षीया छोरीलाई विगत एक वर्षदेखि बलात्कार गर्दै आएको जाहेरी परेपछि प्रहरीले आरोपितलाई पक्राउ गरेको थियो। पक्राउ परेका आरोपितले अभियोग स्वीकार गरेपछि दाङ देउखुरी जिल्ला अदालतले फागुन १५ गते आइतबार जेल चलान गरेको इलाका प्रहरी कार्यालय तुलसीरका प्रहरी नायब उपरिक्षक भुवनेश्वर तिवारीले जानकारी दिए ।

उनलाई प्रहरीले माघ १५ गते १३ वर्षीया बालिकाको जाहेरीका आधारमा इलाका प्रहरी कार्यालय खिलतपुरले पक्राउ गरेको थियो । पछिल्लो सयम माघ १५ गतेका दिन मदिराले मातेको अवस्थामा घर आएका अभियुक्त ति व्यक्तिले आफ्नी १३ वर्षीया छोरीलाई बन्दुक देखाएर बालात्कार गरेपछि घटना सार्वजनिक भएको प्रहरीले बताएको थियो। बलात्कारपछि १३ वर्षीया बालिका रुँदै इलाका प्रहरी कार्यालय खितलपुर पुगेकी थिइन् । ति बालिकाले आफु विगत एक वर्षदेखि आफ्नै बाबुबाट बलात्कृत हुँदै आएको र कसैलाई भनेमा ज्यान मार्ने धम्की बाबु दिँदै आएको प्रहरी समक्ष बताएकी थिइन्।

छोरीलाई बलात्कार गर्दै आएको यौन पिपासुकी श्रीमती वैदेशिक रोजगारीको सिलसिलामा खाडी मुलुकमा रहेको प्रहरीले जानकारी दिएको छ। आमा विदेश गए देखि नै बाबुले छोरी माथि निरन्तर बालात्कार गर्दै आएको ति बालिकाले प्रहरीमा दिएको जाहेरीमा उल्लेख छ । अनुसन्धानबाट आरोपित व्यक्ति दोषी पाइएको र उसले गल्ति स्वीकार गरेपछि जेल चलान गर्न अदालतले आदेश दिएको डीएसपी तिवारीले जानकारी दिएका छन् ।