२०८१ चैत्र ६ गते बुधबार
२०८१ चैत्र ६ गते बुधबार

विद्युत प्राधिकरणको गल्तीले मेलम्चीको पाइप फुट्यो : खानेपानी मन्त्री

काठमाडौं । खानेपानी मन्त्री प्रदीप यादवले नेपाल विद्युत् प्राधिकरणको गल्तीका कारण मेलम्ची खानेपानी आयोजनाको पाइप फुटेको बताएका छन् ।

प्राधिकरणले बिजुलीको तारलाई भूमिगत गर्ने क्रममा मेलम्चीको पाइप फुटेको मन्त्री यादवले बताएका छन् । काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) का सीईओ अशोक पौडेललाई लिएर बबरमहल पुगेका मन्त्री यादवले यस्तो बताएका हुन् ।

‘विद्युत् प्राधिकरणको गल्तीले यस्तो भएको हो । विद्युत् प्राधिकरणले हामी र केयूकेएलसँग नसोधी काम गर्‍यो । त्यसकै कारणले यस्तो घटना घटेको हो,’ मन्त्री यादवले भने, ‘लाइन बिछ्याउने क्रममा गरेको गल्तीका कारणले पाइप फुटेको छ ।’ उनले पाइप ठूलो भएका कारणले त्यहाँ बाँकी भएको पानी आइरहेको बताएका छन् । ‘पाइपको पानी सबै सकिएपछि मात्रै रोकिन्छ,’ उनले भने ।

लोकप्रिय

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।