कोरियाले आउँदो वर्ष १० हजार नेपाली कामदार लिने

0
591

काठमाडौं, १७ फागुन । कोरियाले आगामी वर्षका लागि नेपाली कामदारको कोटा बढाएको छ । यो वर्ष ३ हजार १ सय कामदार लिएको कारियाले सन् २०१८ मा १० हजार २ सय नेपाली लाने भएको छ । यस मध्ये ६ हजार २ सय कृषि क्षेत्रमा र ४ हजार औद्योगिक क्षेत्रमा लाने भएको हो । इपिएस कोरिया शाखाका निर्देशक बावुराम खतिवडाका अनुसार नेपाली कामदार इमान्दार र मेहनती भएका कारण कोरियन साहुको रोजाइमा परेका हुन् ।

यस वर्षका लागि भने अहिले सम्म २ हजारको लेवर कन्ट्रयाक आएको छ । आउँदो वर्षका लागि भाषा परिक्षाको फारम आउँदो चैत ९ गते देखि १८ गते सम्म खुल्ला हुने भएको छ । फारम अनलाइनबाटै भर्न सकिने छ । परिक्षा जेठ २८ र २९ गते गर्ने तयारी भएको निर्देशक खतिवडाले जानकारी दिएका छन् ।