मेची महाकाली अभियानमा सेल्फि खिच्न मनाही

0
479

काठमाडौं, १७ फागुन । नेकपा एमालेले फागुन २१ देखि झापाको काँकडभिट्टाबाट शुरु गर्न लागेको दुई साता लामो मेची महाकाली अभियानमा जाने स्वयंसेवकका लागि सेल्फि खिच्नेदेखिका ९ बुँदे आचार संहिता जारी गरेको छ । मेची महाकाली अभियान सचिवालयले तयार पारेको आचार संहिताको ८ औं बुँदामा ‘स्वयंसेवकले सेल्फी खिच्ने, घुमफिर गर्ने, साथीभाइ आफन्तसँगको भेटघाटमा अनावश्यक समय खर्च नहोस् भन्नेमा ध्यान दिने, लेखिएको छ ।

अभियानभर उनीहरुलाई रक्सी चुरोट खान पूर्णतः निषेध गरिएको छ । पार्टी मुख्यालय धुम्बाराहीमा आज आयोजित कार्यक्रममा एमाले अध्यक्ष केपी ओलीले आचार संहिता कडाईका साथ पालना गर्न निर्देशन दिएका हुन् । यो अभियानमा केन्द्रबाट सय जना स्वयंसेवक जानेछन् । बाँकी स्वयंसेवक तराईका जिल्लाबाटै थपिने एमाले प्रचार विभागका उपप्रमुख सूर्य थापाले जानकारी दिए ।