उठ्यो भूकम्पले ढलेको योगनरेन्द्र मल्लको सालिक

0
324

काठमाडौं, १७ फागुन । गोर्खा भुइँचालोले भत्काएको पाटनदबार क्षेत्रको राजा योगनरेन्द्र मल्लको सालिक ठड्याइएको छ । भूकम्पले तीन टुक्रा पारेको सालिक रहेको ढुंगाको खम्बालाई मर्मत–सम्हार गरेपछि हिजो खम्बामा योग.नरेन्द्र मल्लको सालिक राखिएको हो । नेपाल संवत् ८ सय १३ मा निर्माण गरिएको  सालिकको पुनःनिर्माणको जिम्मा काठमाडौं उपत्यका संरक्षण कोषले लिएको थियो ।

खम्बाको मर्मत–सम्हार गरेर पुरानै स्वरुपमा ल्याउन करिब २१ लाख रुपैयाँ खर्च भएको बताइएको छ । भूकम्पले क्षति र्पुयाएका उपत्यकाका तीन जिल्लाका ऐतिहासिक सम्पदामध्ये सबभन्दा बढी पुनःनिर्माणको काम ललितपुरमा भएको छ ।