प्रधानमन्त्रीले देशबासीका नाममा सम्बोधन गर्दै

0
264

काठमाडौं, १७ फागुन । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मंगलबार देशबासीका नाममा सम्बोधन गर्ने भएका छन् ।
प्रधानमन्त्रीले बेलुका ५ बजे सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयबाट देशबासीलाई सम्बोधन गर्न उहाँका प्रेस सल्लाहाकार गोविन्द आचार्यले जानकारी दिए ।

चुनावको मिति घोषणा भइसकेको सन्दर्भमा प्रधानमन्त्री प्रचण्डले सम्बोधन मार्फत सबै नागरिकलाई चुनावमा होमिन आह्वान गर्नुहुने तयारी छ । सरकारले वैशाख ३१ गते स्थानीय चुनाव गर्ने घोषणा गरिसकेको छ ।