काठमाडौं, १७ फागुन । प्रधानमन्त्री पुष्पकमल दाहालले देशबासीका नाममा सम्बोधन गर्दै ४० लाख जनताले भोट हाल्ने निर्वाचनलाई महत्वका साथ हेरेको बताएका छन् । उनले निर्वाचनमा महिलाको हकमा ४० सुनिश्चित रहेको उल्लेख गर्दै निर्वाचन सफल बनाउन अन्तराष्ट्यि समर्थनका साथै आदिबासी जनजाती लगायत सबैको सहयोगको अपेक्षा गरेको बताए ।
जनताको मुक्तिका लागि इतिहासमै पहिलो पटक आफुले नेतृत्व गरेको भन्दै लडाइको अग्र मोर्चामा आफु रहेको भन्दै सबैको जायज विमतीलाई दस्वेजी करण गरेको भन्दै संबिधानको स्विकार्यता बढाउन लागेको उनको दावी थियो । संबिधान संशोधन प्रस्ताव पास गराउन हर संभाव प्रयासरत छु । संशोधनलाई तार्किक निष्कर्षमा पुराउने पनि उनको दाबि छ ।
मधेशी दलले तर्क होइन बिबेक प्रयोग गर्नु पर्ने समय आएको उनको भनाई थियो । आफु पनि मधेशबाटै प्रतिनिधीत्व गरेकाले मधेशको चाहना आफुले राम्ररी जानेको भन्दै समस्या समाधानमा जोड दिने प्रधानमन्त्रीको भनाई छ । परम्परागत शासकबर्गलाई गढातन्त्र,संघियता र धर्म निरपेक्षता नचाहेकाले चरै तिरबाट षडयन्त्र भैरहेको उनको भनाई थियो ।
खिण्डनकारीहरुका षडयन्त्र तुहिने भन्दै निर्वाचनको सम्मान गर्न आग्रह गर्दै उनले निर्वाचन सम्पन्न गराउन सरकार कुनै सम्झौता नगर्ने बताउनु भयो । संबिधान निर्माण र कार्यन्वयनको क्रमलाई असफल पार्दै राष्ट्रियता कम्जोर बनाउने काम भएको भन्दै सजग हुन सबैलाई आग्रह गरे । भूकम्प पछिको पुन निर्माण र बिकासको गति बढाउन पुरक बजेट ल्याउने बिषयले बिबाद बढाउन सक्ने भन्दै आफु पछि हटेको खुलासा गरे ।
मुलुकमा लोडसेडिङ अन्त्य गरे संगै मुलुक अध्यारोबाट उज्वालोमा प्रबेस भएको भन्दै अब लोडसेडिङ अघि र पसछि को अवस्थाको आधारमा मूल्इाङकन गरिने छ । इमान्दारीता र इच्छा शक्ति भएमा परिवर्तन आफैबाट सम्भव भएको कुरा लोडसेडिङ अन्त्य भएको घटनाले देखाएको छ ।
हिजोको घटनाबाट सिकेर सरकारबाट भएका कम्जोरीलाई सच्चाउदै गल्ती हुन नदिने आफ्नो योजना भएको दाबी गरे । सरकारले आर्थिक हिनामिनाको काम नगरेको भन्दै फास्ट ट्रयाक आफ्नै लगानीमा बनाउने भन्दै हुलाकी राजमार्ग निर्माण अगाडी बडेको भन्दै अब तराइ मधेशमा कायापलट ल्याउने सरकारको योजना रहेको सुनाए ।
बैदेशिक रोजगारीमा गएका र जानेहरुका लागि अनलाईको माध्यमबाट काम भएको भन्दै आफुले गरेको केहि कामको उनले प्रसंशा गरे । भूकम्प पिडीतहरुलाई राहट दिने कार्य बिधि परिवर्तन भैसको भन्दै पुरातात्वीक संरचना पुननिर्माणको काम अगाडी बढेको प्रधानमन्त्रीको दावी थियो । उनले दुरगामी बिकासका ओयोजना निर्माणका काममा कुनै पनि त्रुटि हुन नदिने भन्दै मेलम्चीको पानी अबको ६ महिनामा राजधानी आउने भन्दै खाने पानीको समस्या कम हुने बताएका छन् ।