२०८१ चैत्र ६ गते बुधबार
२०८१ चैत्र ६ गते बुधबार

आज भ्यालेन्टाइन्स डे अर्थात् प्रणय दिवस, प्रेम साटासाट गरी विश्वभर मनाइँदै

आज भ्यालेन्टाइन डे अर्थात् प्रणय दिवस विश्वभर मनाइँदैछ।

प्रणय दिवसमा प्रेमजोडीले उपहार आदान प्रदान गर्दै माया साटासाट गर्छन्। आफूलाई मन परेको व्यक्तिसामु प्रेम प्रस्ताव राख्ने दिनको रुपमा पनि युवायुवतीले भ्यालेन्टाइन डेलाई उपयोग गर्छन्।

विश्वभर फेब्रुअरी १४ तारिखका दिन भ्यालेन्टाइन डे अर्थात् प्रेम दिवस मनाइँदैछ।

पश्चिमा मुलुकमा निकै ठुलो महत्व बोकेको भ्यालेन्टाइन्स डे अर्थात् प्रणय दिवस मंगलवबार नेपालमा पनि उत्तिकै उत्साहका साथ मनाइँदै छ। यो ‘पर्व’ विशेषगरी युवा पुस्तामाझ निकै लोकप्रिय हुँदै आएको छ।

यो पर्व जति रोचक छ, त्यति नै यसको इतिहास पनि चाखलाग्दो छ।

एकजना भ्यालेन्टाइन नाम गरेका पादरी (सेन्ट) ले रोमन साम्राज्यका सम्राट्को आदेशविपरीत प्रेमी जोडीको विवाह गराइदिएका कारण ती पादरीलाई मृत्युदण्ड दिइएको थियो।

प्रेमका लागि बलिदान दिएको यी सेन्ट भ्यालेन्टाइनको सम्झनामा हरेक वर्ष फेब्रुअरी १४ का दिन भ्यालेन्टाइन्स डे मनाइन्छ। इतिहासकारले यसैलाई ‘भ्यालेन्टाइन्स डे’ को सुरुवात भएको मान्छन्।

को थिए सेन्ट भ्यालेन्टाइन ?

रोमन सम्राट्ले साम्राज्यको स्थापनादेखि नै सैनिकलाई विवाह गर्न बन्देज लगाएका थिए। त्यसो हुँदाहुँदै पनि केही रोमन सैनिक आफूलाई खटाइएको स्थानका महिलासँग विवाह गर्थे।

सन् २३५ मा त्यतिबेलाका रोमन सम्राट् सेभरस अलेक्जेन्डरको हत्यापछि रोमन साम्राज्यमा अशान्ति मच्चिएको थियो। एकातिर महामारी र गृहयुद्ध अर्कातिर आर्थिक संकट इत्यादि कारणले रोमन साम्राज्यको अवस्था दयनीय थियोे। यो अवस्थामा रोमन सैनिकहरुले विवाहलाई प्रतिबन्ध गर्ने नियमको बेवास्ता गर्न थाले।

इसाई धर्मगुरु सेन्ट भ्यालेन्टाइनले सन् २६० को दशकतिर सयौं वा हजारौं रोमन सैनिकको विवाह गराएको मानिन्छ। यो थाहा पाएपछि तत्कालीन सम्राट् क्लाउडियसले उनलाई पक्राउ गर्न आदेश दिए। सम्राट् क्लाउडियसले उनलाई आफ्नो धर्म त्याग गर्न वा मृत्युदण्ड स्वीकार गर्न दुई विकल्प दिएका थिए, तर उनले मृत्युदण्डको सजाय स्वीकारेको इतिहासकर बताउँछन्। त्यसपछि उनलाई जेलमा राखिएको थियो।

जेलमा रहँदा उनले आफ्नै जेलरकी दृष्टिविहीन छोरीसँग सम्बन्ध स्थापना गरेको बताइन्छ। त्यसपछि उनलाई मृत्युदण्ड दिइयो। मृत्युदण्डअघि उनले जेलरकी तिनै छोरीलाई ‘तिम्रो भ्यालेन्टाइन’ बाट भन्ने सन्देशसहितको पत्र लेखेको किंवदन्ती छ।

लोकप्रिय

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।