काठमाडौं, १८ फागुन । ट्रफिक प्रहरीले, मादक पदार्थ सेवन (मापसे) गरी सवारी चलाउने बिरुद्ध कार्वाही थालेको ५ वर्षमा, २ लाख २८ हजार भन्दा बढी कार्वाहीमा परेको जनाएको छ । ०६८ मंसिर १७ देखि गएको माघसम्म २ लाख २७ हजार पुरुष र १४ सय महिला मापसेको कार्वाहीमा परेको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।
कारबाहीमा परेकामध्ये १ लाख ३८ हजारको लाइसेन्समा प्वाल पारिएको छ । पहिलोपटक लाइसेन्स प्वाल पार्नेको संख्या १ लाख २ हजार, दास्रो पटक २३ हजार, तेस्रोपटक साढे ७ हजार, चौथोमा २ हजार ६ सय र पाँचौ पल्ट ९ सय जनाको लाइसेन्स प्वाल परिएको ट्राफिक कार्यालयले जनाएको छ। पाँच पल्ट भन्दा बढी मापसे कार्वाहीमा परेपछि ३ सय ३३ जनाको लाइसेन्स निलम्बन गरिसकेको महाशाखाले जनाएको छ ।