काठमाडौं, १८ फागुन । हास्य कलाकार जितु नेपालले नेताहरुलाई सहमतिमा ल्याउन कलाकारले महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्ने बताएका छन् । उनले नेताहरुले आपसमा सहमती गर्न नसके एक हुल मोडेल र गायिकाहरुलाई बालुवाटार पठाइदिनुपर्छ अनि सहमती हुन्छ भन्दै व्यंग्य गरेका छन् ।
नयाँशक्ति नेपालले मंगलबार आयोजना गरेको अन्तरक्रियामा कलाकार नेपाललाई पनि निम्त्याइएको थियो । तर, उनले कार्यक्रममा नयाँशक्तिकै नेता बाबुराम भट्टराईलाई समेत व्यंग्य गर्दै निर्वाचनको वातावरण बनाउन आग्रह गरे । उनले धेरै च्यात्नुभन्दा पुरानैलाई सिलाएर लगाउन डा. भट्टराईलाई सुझाव दिए ।
‘अहिले कलाकारहरु पनि राजनीतिमा प्रवेश गरेका छन् । गायिका, नायिका सबै गा’का छन् । अझै जरुरी पर्छ भने केही मोडल(सोडल पनि ल्याउँ बरु,’ हास्य कलाकार जितुले भने– ‘नेताहरुले भनेको मान्दैनन् भने एक हुल मोडल र नायिकालाई ठ्याक्क चाँहि भन्न लगाऔं । आइस्योस न हजुर भन्दा आउँछन् कि ? गायिकाले गीत गाइदिँदा आउँछन् कि ? हामीले हँसाउँदा आउँछन् कि ? के गर्दाखेरि राम्रो हुन्छ, राम्रो गर्नुपर्छ ।’