सोमालियामा राष्ट्रिय विपदको घोषणा

0
222

एजेन्सी, १८ फागुन । अफ्रिकी देश सोमालियामा राष्ट्रिय विपदको घोषणा गरिएको छ । लामो समयको खडेरीका कारण खाद्यान्न संकट उत्पन्न भएको भन्दै नयाँ सरकारले राष्ट्रिय विपत घोषणा गरेको हो । विश्व स्वास्थ्य संगठनले सोमालियामा भोकमरीको अवस्था आउन सक्ने चेतावनी दिए लगत्तै सोमालियाली राष्ट्रपति मोहमद अब्दुल्लाहीको कार्यालयले राष्ट्रिय विपत घोषणा गरेको हो ।

सोमालियामा झण्डै ६२ लाख मानिस खानाको अभावमा रहेको विश्व स्वास्थ्य संगठनले जनाएको छ । पछिल्लो २५ वर्षमा सोमालिया भोकमरीको चपेटामा पर्न लागेको यो तेस्रो पटक हो ।

राष्ट्रपति अब्दुल्लाहीले आफ्नो देशमा आइपरेको विपत समाधानका लागि सहयोग गर्न अन्तर्रा्ट्रिय समुदायसँग आग्रह गर्नुभएको छ । यसअघि सन् २०११ मा सोमालीया भोकमरी ग्रस्त हुँदा २ लाख ६० हजार मानिसको ज्यान गएको थियो ।