काठमाडौं महानगरको प्रमुखमा पौडेल

0
198

काठमाडौं, १८ फागुन । स्थानीय विकास मन्त्रालयले काठमाडौं महानगरपालिकाको प्रमुख कार्यकारी अधिकृतमा सहसचिव ईश्वरराज पौडेललाई नियुक्त गरेको छ ।

स्थानीय निकायको निर्वाचनको आचारसंहिता लागु हुनुभन्दा एक दिन अगाडि मंगलबार मन्त्रालयले निवर्तमान प्रमुख कार्यकारी अधिकृत रुद्रसिंह तामाङलाई मन्त्रालयमा सरुवा गरेर पौडेललाई नयाँ सिइओको रुपमा नियुक्त गरेको हो ।

तामाङलाई नगरपालिका तथा वातावरण व्यवस्थापन महाशाखा प्रमुखको जिम्मेवारी दिइएको छ । पौडेल यसअघि कास्कीको स्थानीय विकास अधिकारी थिए ।