स्थानीय चुनावमा पाईदैन हेलिकोप्टर प्रयोग गर्न

0
378

काठमाडौं, १८ फागुन । स्थानीय तहको चुनावमा हेलिकोप्टर प्रयोग गर्न नपाईने भएको छ । गाउँपालिकाको चुनाव भएकाले हेलिकोप्टर प्रयोगमा पूर्ण प्रतिवन्ध लगाइने प्रमुख निर्वाचन आयुक्त अयोधीप्रयाद यादवले बताएका छन् । बुधबार मन्त्रीहरुसँग छलफल गरेर नै हेलिकोप्टर प्रयोग पूर्ण निषेधित गर्न लागिएको यादवले बताए ।

निर्वाचन आयोगले भने हेलिकोप्टर प्रयोग गर्ने भन्दै उनले भने, ‘हेलिकोप्टर प्रयोग गर्न कसैले पनि पाउँदैन, आयोगले मात्र पाउँछ ।’ उनले यसो भन्दा मन्त्रीसहित कार्यक्रममा सहभागीहरुबीचमा भने हाँसोको फोहोरा छुटेको थियो । उनका अनुसार निजी तथा सरकारी सबै होलिकोप्टर कम्पनीहरुसँग दैनिक उडान सूची मागिनेछ ।