सुदूरपश्चिम महोत्सवमा ग्यास सिलिन्डर पड्कियो

0
200

डोटी, १८ फागुन । डोटीको दिपायलमा भइरहेको सुदूरपश्चिम प्रादेशिक महोत्सवमा ग्यास सिलिन्डर पड्किँदा दुई जना बालक घाइते भएका छन् ।

बेलुन भर्ने ग्यास सिलिन्डर पड्किएर आगलागी हुँदा महोत्सवमा आएका ८ वर्षका कालो नेपाली र १२ वर्षका सिन्डी नेपाली घाइते भएका हुन् । उनीहरुको शैलेश्वरी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

बेलुन व्यापारी भारत बिहारका कृष्ण लाललाई प्रहरीले पक्राउ गरेको छ । यसअघि शिवरात्रीको दिन सुनसरीमा बेलुन भर्ने ग्यास पड्केर प्रहरी जवानको ज्यान नै गएको थियो ।