अनमोल केसी र आना शर्माबिच हुँदैछ यस्तो भिडन्त

0
836

काठमाडौं, १९ फागुन । अनमोल केसी अभिनित् चलचित्र ‘कृ’को प्रदर्शन मिति बदलिएसँगै चलचित्र ‘ग्याङस्टार ब्लुज’को प्रदर्शन मिति पनि फेरिएको छ । आना शर्मा र आशिरमान देशराज जोशी मुख्य भूमिकामा रहेको चलचित्र ‘ग्याङ्गस्टर ब्लूज’ अनमोलको ‘कृ’ भन्दा एक हप्ता अगाडि प्रदर्शन हुनेछ । भदौ २३ गते प्रदर्शन हुने भनिएको चलचित्र ग्याङ्गस्टर ब्लूज’ अब आउँदो भदौ २ गते प्रदर्शन हुनेछ भने ‘कृ’ भदौ ९ गते प्रदर्शन आउने पक्का भएको छ ।

ग्याङस्टार ब्लूजको छायाँकन यतिबेला नेपालगञ्जमा भइरहेको छ भने ‘कृ’को छायाँकन सुरु भइसकेको छैन । सरोज न्यौपानको अनुसार चलचित्र ‘कृ’ले प्रदर्शन मिति अगाडि सारेपछि ‘ग्याङ्गस्टर ब्लूज’को प्रदर्शन मिति फेरबदल भएको हो । चलचित्र ‘ग्याङ्गस्टर ब्लूज’मा आना र आशिरमानसँगै संयम पुरी, प्रमोद अग्रहरी, रोजिशा शाही ठकुरी मुख्य भूमिकामा रहेका छन्।