कालो दिनको सम्झना गर्दै कालिमाटी तरकारी बजार बन्द

0
653

काठमाडौं, २० फागुन । कालिमाटी तरकारी बजार शुक्रबार बन्द छ । पाँच वर्षअघि २०६८ साल फागुन २० गते आजकै दिन तरकारी बजारमा आगालागी हुँदा ६ जनाको ज्यान जानुका साथै लाखौँ रुपैयाँ बराबरको नोक्सानी भएको थियो । सोही दिनको सम्झनामा आज कालिमाटि तरकारी बजार बन्द गरिएको हो ।

कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले फागुन २० गतेलाई कालो दिनका रुपमा सम्झने गरेको छ । आगलागीबाट क्षती भएको भवनको मर्मतको काम पनि लगभग सकिएको समितिले जनाएको छ ।