राप्रपाको बैठक बस्दै

0
448

काठमाडौं, २० फागुन । राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय कार्यसमिति बैठक शुक्रबार पनि बस्दैछ । बैठक बिहान साढे ९ बजे पार्टी कार्यालय धुम्बाराहीमा बस्ने राप्रपाले जनाएको छ । बिहिबारदेखि सुरु भएको बैठकमा चुनावको विषयमा छलफल केन्द्रित भएको छ । यस्तै नयाँ संविधानअनुसार पार्टीको स्थानीय संरचनामा सङ्गठको विस्तार गर्नेबारे छलफल भएको छ ।

पार्टी नेता ध्रुवबहादुर प्रधानले प्रस्तुत गरेको ‘स्थानीय निकाय निर्वाचन तयारी’ विषयको कार्यपत्रमा नेताहरुले आउँदो वैशाख ३१ गते हुने चुनावका लागि तयारी गर्न पार्टी नेतृत्वलाई सुझाव दिएका छन् ।