पाल्माइरा शहर सेनाको नियन्त्रणमा

0
435

एजेन्सी, २० फागुन । सिरियाको प्राचीन र ऐतिहासिक पाल्माइरा शहर सरकारी सेनाले नियन्त्रणमा लिएको छ । अतिवादी संगठन इस्लामिक स्टेट (आइएस)को कब्जामा रहेको पाल्माइरालाई सरकारले सेनाले नियन्त्रणमा लिएको हो । पाल्माइरालाई नियन्त्रणमा लिन सरकारी सेनाले आइएसमाथि लगातार आक्रमण गरेको थियो ।

सरकारी सेनाले प्राचिन र ऐतिहासिक शहर पाल्माइराबाट आइएसलाई लखेटेको दाबी गरेको छ । युनेस्कोको सूचीमा परेको यो पुरातात्विक शहर कब्जामा लिँदै आइएसले केही भाग नष्टसमेत गरेको थियो । पाल्माइरामा प्राचिन महत्वका भग्नावशेष रहेको युनेस्कोले जनाएको छ ।

एक वर्षअघि पनि रुसी वायु सेनाको सहयोगमा यो शहरबाट सिरियाली सेनाले आइएसलाई लखेटेको थियो । तर फेरि पछि आइएसले कब्जा जमाएको थियो ।