आज पनि चट्याङ र हावाहुरीसँगै पानि पर्न सक्छ

0
260

काठमाडौं, २० फागुन । आज पनि हिजोको जस्तै केही ठाउँमा हावाहुरी चल्ने मौसमविद्ले बताएका छन् । प्रिमनसुन सुरु भएकाले अब हावाहुरीसँगै चट्याङ पनि पर्ने मौसमविद् राजु प्रधानांगले बताउनुुभयो ।

दिउँसोदेखि हुरी चल्ने अनुमान गरिएकाले हिँडडूल गर्दा ख्याल गर्न उहाँको सुझाव छ । यस्तै केही ठाउँमा  आज पनि पानी पर्ने अनुमान गरिएको छ । अहिले ठाउँ ठाउँको मौसम बद्ली भएको र दिउँसो पछि क्षणिक वर्षा हुने मौसमविद् राजु प्रधानांगले बताउनुभयो ।

पश्चिमी वायुसँगै स्थानिय वायुको प्रभावका कारण मौसम बदली भएको हो । पहाडी र पश्चिमी क्षेत्रमा यसको प्रभाव बढी पर्ने पनि उहाँले बताउनुभयो । हिजो काठमाडौं उपत्यकासहित पहाडी भेगमा हावाहुरीसँगै पानी परेको थियो । हावाहुरीका कारण अस्थाई टहरा उडाउँदा भूकम्प प्रभावितको जनजीवन समेत प्रभावित भएको छ ।