काठमाडौ, २० फागुन । स्वास्थ्यमन्त्री गगनकुमार थापाले स्वास्थ्य सेवाहरु निर्वाध रुपले संचालनगर्न स्वास्थ्यकर्मीहरुलाई आह्वान गर्नु भएको छ । मन्त्रीथापाले आज विज्ञप्तीजारी गर्दै मन्त्रालयअन्तर्गत कार्यरत स्वास्थ्यकर्मीहरुबाट स्वास्थ्य सेवा ऐन, २०५३ को दफा ९ख.को विशेष पदस्थापनाको विषयमा रहेको असमझदारीलाई लिएर स्वास्थ्य संस्थाहरुमा भएको तालाबन्दीका सम्बन्धमागम्भीर ध्यानाकर्षणभएको जनाउनु भएको छ । बर्षौदेखि ऐनको उक्त दफा कार्यान्वयननभईरहेका बेलाआफु स्वास्थ्यमन्त्रालयको जिम्मेबारी सम्हालेपछिऐनको उक्तदफा स्वास्थ्यकर्मीहरुको वृत्तिविकासमाबाधकको रुपमा रहेको महशुस गरी समस्या समाधानकालागि आफुले विभिन्न थपकार्यहरु गरेको उहाँले स्मरण गराउनु भएको छ ।
उहाँले ९ख. कार्यान्वयनकालागि पुल दरबन्दी सृजनागर्ने प्रस्तावमन्त्रिपरिषदबाट स्वीकृत भइसकेको र ऐनको दफा ९ख. बमोजिम स्तर वृद्धिभएका स्वास्थ्यकर्मीहरुको दीर्घकालीन समस्या समाधानकालागि ऐन संशोधनगर्ने सैद्धान्तिक सहमतिमन्त्रिपरिषदबाटप्राप्तभई ऐन संशोधनमस्यौदा समितिलाई कार्य जिम्मेवारी समेत दिइसकिएको जानकारी दिनुभएको छ । आगामी ३ महिनाभित्रमा संशोधित ऐनको मस्यौदा व्यवस्थापिका संसदमा पेश गरी सम्पूर्ण समस्याको समाधानगर्न मन्त्रालयप्रतिबद्ध रहेको मन्त्रीथापाले विज्ञप्तीमाउल्लेख गर्नुभएको छ ।
मन्त्रीथापाले मन्त्रालयबाट भएका यीकार्यहरुलाई स्वागत गरी सम्पूर्ण स्वास्थ्यकर्मीहरु आ–आफ्नो काममा फर्कनुपर्नेमा स्वास्थ्यकर्मीहरुबाटै थप स्वास्थ्य संस्थाहरुमा तालाबन्दीगर्ने, आगामीफागुन २१ र २२ गते संचालनहुने पोलियो खोपलाई प्रभावितगर्ने, खोपका सरसामानहरु ओसारपसार गर्ने सवारीसाधनहरुलाई अवरोध गर्ने जस्ता अराजक क्रियाकलापहरु भइरहेको सुन्दा आफु अचम्मितभएको जनाउनु भएको छ । संसारबाट उन्मुलनहुनलागेको पोलियो थोपा ५ वर्ष मुनीका बालबालिकालाई खुवाउनकालागिमन्त्रालयले तोकेको मितिमा स्वास्थ्यकर्मीहरुले स्वतस्फूर्त रुपमा सफल बनाउनुपर्नेमा स्वयं स्वास्थ्यकर्मीहरुबाटपोलियो थोपाखुवाउने कार्यलाई रोक्ने कुरा कल्पना समेत गर्न नसकिने उहाँको भनाई छ ।
आधारभूत स्वास्थ्य सेवापाउने नागरिकको मौलिकहकभएको उल्लेख गर्दै मन्त्रीथापाले स्वास्थ्य सेवा सरकारको अत्यावश्यक सेवाभित्र पर्ने स्मरण गराउनु भएको छ । साथै ५ वर्ष मुनीकाबालबालिकालाई दिइने पोलियो थोपाखुवाउने कार्य रोक्नु संविधान र ऐनको बर्खिलापहुने तर्क गर्दै उहाँले सामान्यमानवीयताको हिसाबले समेत यो क्ष्यम्यहुननसक्ने स्पष्टपार्नु भएको छ । मन्त्रीथापाले स्वास्थ्यकर्मीहरुले स्वास्थ्य संस्थामालगाएको तालातत्कालखोलीनिर्विवाद रुपमापोलियो लगायतनागरिकहरुले पाउने सवै स्वास्थ्य सेवालाई सुचारु गर्नेअपेक्षासमेत गर्नु भएको छ ।
स्वास्थ्य संस्थाहरुलाई निर्वाध रुपमा संचालनगर्नु मन्त्रालयको कर्तव्य भएकाले उक्तकर्तव्य पूरा गर्न मन्त्रालयले जुनसुकै कदमचाल्न समेत बाध्यहुने व्यहोरा समेत मन्त्रीथापाले अपीलगर्नु भएको छ ।
यसैविच,मन्त्रालयले सेवाअवरोध भएकाठाउहरुमा सुरक्षाव्यवस्था गरी सेवा सुचारु गराउन सहयोग गर्न गृह मन्त्रालयलाई पत्राचार गरेको छ । स्वास्थ्य संस्थाहरुको तालाबन्दीखोलीपोलियो खोप कार्यक्रम सुचारु गर्ने कार्यमा सहयोग गर्न स्वास्थ्यमन्त्रालयले गृह मन्त्रालयलाई आग्रह गरेको हो ।
स्वास्थ्यकर्मीहरुको अवरोधका कारणयसअघि तराईका १२ र काठमाडौ उपत्यकाका३ जिल्ला गरी १५ जिल्लामापोलियो खोप कार्यक्रमहुन सकेको थिएन । भोली शनिबार र पर्सी आईतबार कैलाली, बर्दिया, बाँके, कपिलबस्तु, पर्सा, बारा, रौतहट, धनुषा, महोत्तरी, सप्तरी, सिराह, सुनसरी, काठमाडौ, भक्तपुर र ललितपुरमापोलियो थोपाखुवाउने कार्यक्रम रहेको छ ।