एमालेको मेची महाकाली अभियान शुरु हुँदै

0
369

काठमाडौं, २१ फागुन । नेकपा एमालेले आजदेखि ‘मेची–महाकाली राष्ट्रिय अभियान’ सुरु गर्दैछ । एमालेको चुनावी अभियान पूर्वी नाका काँकडभिट्टाबाट शुरु हुँदैछ । अभियानमा सहभागी वन्न एमाले अध्यक्ष केपी शर्मा ओली, वरिष्ठ नेता झलनाथ खनाल, माधव नेपाल, महासचिव ईश्वर पोखरेल गायतका नेताहरु हिजै झापा पुग्नु भएको छ । अभियानको पूर्व सन्ध्यामा हिजो झापामा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष ओलीले नेपाली जनताका वीचमा जाति – जनजाति, मधेश –पहाड भन्दै अनेक प्रकारका भ्रम फिजाएर जनतामा घृणाभाव, वैरभाव फैलाउने दुस्प्रयत्न भएको भन्दै नेपालीवीच सद्भाव जगाउन अभियान शुरु गरिएको हो भन्नुभयो ।

१५ दिने अभियानमा तराईका २२ जिल्लालाई समेट्ने गरी ३५ स्थानमा आमसभा आयोजना गरिने एमालेले जनाएको छ । आजदेखि शुरु हुने अभियान चैत ५ गते कञ्चनपुरको महेन्द्रनगर पुगेर टुंगिने एमालेले जनाएको छ । तराई मधेसको पूर्व–पश्चिम राजमार्ग केन्द्रित अभियानका क्रममा ३३ ठाउँमा आमसभा, ¥याली र साँस्कृतिक कार्यक्रम गर्ने एमालेको तयारी छ । अभियानमा सामेल हुने सबै नेतालाई कार्यकर्ताकै घरमा खानपान र बस्ने व्यवस्था मिलाइएको छ । अभियानमा १० हजार स्वयं सेवक परिचालन हुने एमाले प्रचार विभाग प्रमुख योगेश भट्टराईले जानकारी दिनुभएको छ ।