मधेसी मोर्चाले राजनीतिका नाममाा गुण्डागर्दी गर्न खोजेको ओलीको आरोप

0
404

काठमाडौं, २१ फागुन । एमालेको मेची काली अभियानको पूर्व सन्ध्यामा सप्तरीमा एमाले सांसद र जिल्ला नेतामाथि आक्रमण भएको छ । एमाले सांसद चढेको गाडीमा आज सप्तरीमा ढुंगा प्रहार भएको छ । संसदको महिला, बालबालिका, ज्येष्ठ नागरिक एवं समाज कल्याण समितिकी सभापति एमाले सांसद रञ्जु ठाकुर सवार गाडीमा मधेसी मोर्चाका कार्यकर्ताले राजविराजमा ढुंगा हानेका हुन् ।

हिजो बिहानमात्रै मोर्चा कार्यकर्ताले एमाले जिल्ला सदस्य प्रताप नारायण चौधरीलाई मोसो दलेका थिए । मोर्चाका जिल्ला संयोजक दिनेश यादवले भने एमालेसँग जनता रिसाएकोले मोसो दलेका हुन् भन्नुुभएको छ ।

यता, आफ्ना सांसद र कार्यकर्तामाथि आक्रमण भएपछि रिसाएका एमाले अध्यक्ष केपी ओलीले मधेसी मोर्चालाई राजनीति वा गुण्डागर्दी के गर्न खोजेको हो ? भन्दै प्रश्न गर्नुभएको छ। बिर्तामोडमा आयोजित पत्रकार सम्मेलनमा ओलीले ‘यो राजनीति होइन, गुण्डागर्दी हो, यदि गुण्डागर्दी गर्न खोजेको हो भने एमाले पिछ्यू फर्किएर भाग्दैन भन्नुभयो । ‘मधेसी मोर्चाले राजनीति गर्ने हो भने राजनीतिक रुपमा बैचारिक प्रतिवाद गर्छौं भनेका ओलीले, एमालेले मधेसमा ४० सिट जितेकोले, मधेसको पार्टी एमाले कि मधेसी मोर्चा? भनेर प्रश्न पनि गर्नुभयो ।

मेची महाकाली अभियानले मधेसमा एमाले के हो भनेर देखाउने भन्दै ओलीले यसबाट आत्तिएर उनीहरु आपराधिक गतिविधिमा लागेको आरोप पनि लगाउनुभयो । आउँदो २३ गते राजविराजमा आसमभा गर्ने एमालेको पूर्व निर्धा्रित कार्यक्रमकै दिन, बन्द गर्ने मोर्चाको हर्कत राजनीतिक हुन नसक्ने भन्दै ओलीले आमसभा गरिछाड्ने पनि बताउनुभयो ।