मोसुलमा रासायनिक हतियारको प्रयोग, १२ जना घाइते

0
415

एजेन्सी, २१ फागुन । इराकको मोसुल शहरमा रसायनिक हतियार प्रयोग गरिएको भेटिएको छ । १२ जना घाइते हुनेगरी मोसुलको दुई ठाउँमा गराइएको आक्रमणमा रसायनिक हतियार प्रयोग गरिएको भेटिएको रेडक्रसको अन्तर्राष्ट्रिय समिति आइ.सि.आर.सीले पुष्टि गरेको हो ।

आक्रमणमा ५ जना बालबालिका सहित १२ जना घाइते भएका छन् । घाइतेमध्ये एक बालकको अवस्था गम्भीर छ । आक्रमणमा कुन रसायन प्रयोग गरिएको भन्नेबारे भने खुलेको छैन । अन्तर्राष्ट्रिय कानूनमा सायनिक आक्रमण प्रतिबन्धित छ । यो आक्रमण इस्लामिक संगठन आइएसले ा गरेको अनुमान गरिए पनि जिम्मेवारी कसैले लिएको छैन।