आज १५ जिल्लामा पोलियो थोपा खुवाइँदै

0
738
b'O{ yf]kf ;'/lIft lhjgsf] nfuL M aL/uGhsf] 306f3/ rf]sdf zlgjf/ ljzfg gjhft lzz'nfO{ kf]lnof]sf] yf]kf v'jfpb} :od;]js . lhNnfdf /x]sf afnaflnsfnfO{ kf]lnof] yf]kf v'jfpg k;f{sf] *@ uflj;df &^& / gu/kflnsfdf !!* u/L s'n **% :yfkgf ul/Psf] vf]ks]Gb| dfkm{g ! nfv @@ xhf/ %@$ hgf afnaflnsfnfO{ kf]lnof] yf]kf v'jfpg] nIo /x]sf] lhNnf hg :jf:Yo sfof{no k;f{n] hgfPsf] 5 . tl:j/ M lahos'df/ dxtf] ÷/f;;÷k;f{

काठमाडौं, २१ फागुन । सरकारले आज राजधानी सहित १५ जिल्लामा पोलुयो थोपा अभियान चलाउँदै छ । आज र भोली कैलाली, बर्दिया, बाँके, कपिलबस्तु, पर्सा, बारा, रौतहट, धनुषा, महोत्तरी, सप्तरी, सिराह, सुनसरी, काठमाडौं, भक्तपुर र ललितपुरमा पोलियो थोपा खुवाउने कार्यक्रम छ ।

तर पदस्थापनाको विषयलाई लिएर आन्दोलनरत सिनियर अहेबहरुले पोलियो थोपा खुवाउने अभियान रोक्ने प्रयास गरेका छन् । उनीहरुले पोलियो थोपा भण्डारण गरिएको कक्षमा तालाबन्दी गरेका छन् भने ओसारपसारमा प्रयोग भएको गाडी समेत रोक्ने प्रयास गरेका छन् । हेल्थपोष्ट इन्चार्ज बनाउन माग गर्दै आन्दोलनरत सिनियर अहेबहरुले पोलियो थोपा खुवाउने अभियानमा अबरोध गरेका हुन् । ०६२–६३ को जनआन्दोलनपछि तत्कालीन सरकारले करिव ३ हजार ९ सय अहेबको दुई तह बढुवा गरेको थियो । तर, शैक्षिक योग्यता नपुगेका कारण उनीहरुले त्यस अनुसार जिम्मेवारी पाएका थिएनन् । । पछिल्लो समय भएका वार्ताहरुमा सहमति हुन नसकेपछि उनीहरुले पोलियो अभियानलाई नै अवरुद्ध पार्ने प्रयास थालेका हुन् ।

स्वास्थ्यमन्त्री गगन थापाले स्वास्थ्य संस्थाहरुमा भएको तालाबन्दीका सम्बन्धमा गम्भीर ध्यानाकर्षण भएको जनाउनु भएको छ । साथै पोलियो थोपा खुवाउने सहितका स्वास्थ्य सेवा निर्वाध रुपले संचालन गर्न आव्हान पनि समेत गर्नुभएको छ । स्वास्थ्यकर्मीहरुको अवरोधका कारण यसअघि तराईका १२ र काठमाडौं उपत्यकाका ३ जिल्ला गरी १५ जिल्लामा पोलियो खोप कार्यक्रम हुन सकेको थिएन ।स्वास्थ्य मन्त्रालयले सेवा अवरोध भएका ठाउँमा सुरक्षा व्यवस्था गरी सेवा नियमित गराउनका लागि सहयोग गर्न गृह मन्त्रालयलाई पत्राचार गरेको छ ।