काठमाडौंका केहि स्थानमा बिजुली अबरुद्ध

0
210

काठमाडौं, २१ फागुन । काठमाडौंका सुकेधार, मण्डिखाटार, चप्पल कारखाना लगायतका ठाउँमा बिजुली अबरुद्ध भएको छ । मेलम्ची खानेपानी आयोजनाको काम गर्ने क्रममा आज बिहान ६ बजे न्यु–चाबहिल सब स्टेसनबाट निस्कने ११ केभी ओम फिडरको ओभरहेड लाइन सुरु हुनु अघिको भूमिगत केबलमा, क्षति भएका कारण यो क्षेत्रमा बिजुली अबरुद्ध भएको हो । प्राविधिक टोली खटिइसकेकाले क्षतिग्रस्त केबल मर्मत हुनासाथ आपूर्ति पुनःसञ्चालन हुने नेपाल विद्युत् प्राधिकरणका प्रवक्ता प्रबल अधिकारीले जानकारी दिनुभयो ।