तिलोत्तमा गोल्डप : उपाधि भिडन्तमा संकटा र आर्मी

0
238

काठमाडौं, २१ फागुन । रुपन्देहीमा जारी तिलोत्तमा गोल्डपको उपाधीका लागि आज आर्मी र संकटा क्लब भिड्दैछन्। यो सिजनका ५ भिडन्तामा ३ पल्ट संकटाले आर्मीलाई हराएको छ ।

आर्मी गत सालको उपविजेता हो । संकटाले भने अहिलेसम्म तिलोत्तमा कप जितेको छैन । विजेताले ५ लाख ५५ हजार ५ सय ५५ र उपविजेताले ३ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ पाउनेछन् । त्यस्तै उत्कृष्ट विधका ५ खेलाडील १५/१५ हजार पाउनेछन् ।